पथरीशनिश्चरे/मोरङको पथरीशनिश्चरे १ स्थित पथरी बजारमा छुरा प्रहारबाट एक बृद्ध सख्त घाइते भएका छन् ।

पथरी बजारका ६५ वर्षीय दिलीप तामाङ छुरा प्रहारबाट सख्त घाइते भइ विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ । बाटो सम्बन्धी विवादमा शुक्रबार साँझ तामाङलाई सोही ठाउका विजय लिम्बुले छुरा प्रहार गरेको इलाका प्रहरी कार्यालयका डीएसपी दिलीप गिरीले जनाए । लिम्बुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।