धरान । धरान–१५ स्थित त्रिवेणी चोकस्थित एक गोठमा भएको आगलागीको क्षतिको विवरण आउने क्रममा रहेको छ ।
इलाका प्रहरी कार्यालय धरानका अनुसार १५ वटा बाख्रा र एउटा सुँगुर जलेको छ । थप विषयमा खोजी भइरहेको इप्रका धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । कविता लिम्बूले सञ्चालनमा ल्याएको गोठमा आगलागी भएको हो । धरान उपमहानगरको बारुण यन्त्र, स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइसकिएको छ । तर, क्षतिको विवरण संकलन भइरहेकाले यकिन तथ्याङ्क केही समयपछि मात्रै आउने डिएसपी न्यौपानेले जानकारी दिए ।
https://www.blastkhabar.com/news/2020/04/03/112700.html
































