यासोक/देश लक डाउनमा छ । शहरका बजार बन्द र सुनसान छन् । तर यसको प्रभाव गाउँमा खासै देखिँदैन । खेतीको सिजन भएकाले खेतबारी र मेलापातमा स्थानीय व्यस्त देखिन्छन् ।
पाँचथरको कुम्मायक गाउँपालिका ५ मा पनि बिहीबार यस्तै दृश्य देखिन्थो । सधै झै सबै जना आ–आफ्नो काममा ब्यस्त थिए । दिउँसो तिब्र गतिमा हावा चल्दै थियो । बाक्लो बस्तीको बीचको घरबाट अचानक धुवाँको मुस्लो बस्तीमा देखिन्छ । सबै जना त्रशित हुदै आगो नियन्त्रण गर्न उक्त स्थान पुग्छन् । त्यो समयसम्म धेरै ढिला भईसकेको थियो । तर ६० देखि ७० जना स्थानीयवासी मिलेर बस्ती जोगाउँन जसो तसो सफल त भए तर दुई घर जोगाउँन सकेनन् । एक घण्टामै दुबै घर खरानीमा परिणत भए । हेर्दा हेर्दै घरमा भएका अन्नपात, लत्ताकपडा, भाडावर्तन र पशुचौपाय जलेर खरानी भयो । गाउँ जोगाउँन आगो निभाउन मै व्यस्त स्थानीयले कुनै सामान जोगाउँन सकेनन् ।
बिहिबार कुम्मायक ५ मा भएको भीषण आगलागीका कारण स्थानीय नरेन्द्र उदासी चेम्जोङ र सन्तोष चेम्जोङको परिवार बेघर हुन पुग्यो । यो दुःखत खबर पाएको वडा कार्यालयले सोही दिन पीडित दुबै परिवारलाई खाध्यन्य बितरण ग¥यो । बास नै मेटिएको परिवारलाई राहतले मात्रै नहुने भएपछि तत्काल वडाका जनप्रतिनिधिको बैठकवसी जस्तापाता दिने निणर्य ग¥यो । दुबै घरलाई ४० हजार बराबरको ७ बन्डिल जस्तापाता तत्काल दिने निणर्य गरिएको कुम्मायक ५ का वडा अध्यक्ष यामबहादुर बोहोराले बताए ।
आगलागीबाट १० लाख बढिको क्षति बिहोर्नु परेको पीडित परिवारलाई कुम्मायक गाउँपालिकाले पनि राहत बितरण गरेको छ । आगलागीका कारण लाखौंको क्षति भएपछि कुम्मायक ५ का नरेन्द्र उदासी चेम्जोङ र सन्तोष चेम्जोङको परिवारलाई राहत प्रदान गरेको हो । गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङको नेतुत्वको टोलिले पीडित परिवारलाई ३० हजार बराबरको राहत प्रदान गरेको छ । गाउँपालिकाको बिपत व्यवस्थापन शिर्षकबाट जनही १५ हजारको दरले राहत बितरण गरिएको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताए । देशमा लक डाउनको अवस्था भएकाले पीडित परिवारलाई दुई बोरा चामल, दाल, नुन, तेल समेत प्रदान गरिएको चेम्जोङको भनाई छ । त्यसै गरी कुम्मायक रेडक्रस सोसाइटी यासोकले पनि लत्ताकपडा र भाडावर्तन र त्रिपाल बितरण गरेको छ ।
बिहिबार दिउँसो भएको आगलागीबाट १० लाखबराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीका कारण लत्ताकपडा, भाडावर्तन, खाद्यन्य जलेर नष्ट भएको छ । त्यस्तै गोठमा बाँधेका पशुचैपाय समेत जलेर नष्ट भएको पीडितका बुबा बुद्धबल चेम्जोङले बताए । भौसी, सुङगुर, बाख्रा र कुखुरा पनि आगलागीबाट मरेको उनको गुनासो छ । सोही दिन कुम्मायक ५ को वडा कार्यालयले तत्काल ५ हजार बराबरको खाद्यन्य, भाडावर्तन, बितरण गरेको वडा अध्यक्ष यामबहादुर बोहोराले बताए । पीडित परिवारको दुबै घर छाउन समस्या भएकाले वडा बैठ्क बसी दुबै घरलाई ४० हजार बराबरको ७ बन्डिल जस्तापाता प्रदान गर्ने निर्णय समेत गरेको वडा अध्यक्ष बोहोराले बताए । आगलागीका कारण मानविय क्षति नभएपनि लाखौंको अन्न पात जलेर नष्ट भएपछि गाउँपालिका, वडा र स्थानीयले पीडितलाई राहत प्रदान गर्दै आएका छन ।
यस्तो अवस्थामा गाउँपालिका र वडाले गाँस र बासको व्यवस्था गरेको भन्दै पीडित परिवारले प्रशंसा गरेको छ । अठ्यारो अवस्थामा जनप्रतिनिधिले खाने व्यवस्था र बस्न बस्ने व्यवस्था गर्ने बिषयमा पहल गरेको भन्दै खुसी लागेको पीडितका बुवा बुद्धबल चेम्जोङले सुनाए । दुई वटै घर छाउँने खर पाईदैन यस्तौ अवस्थामा जस्तापाउने भएका छौ । खाने ओढ्ने र ओछ्याउँने सामान दिएको छ । यस्तो अवस्थामा साथ पाएकोमा खुसी लागेको उनले बताए । छोटो समयमै पीडितलाई राहत वडा र गाउँपालिकाले दिएको भन्दै स्थानीयवासीले प्रसंसा समेत गरेका छन ।
































