धरान / धरान–१५ स्थित त्रिवेणी चोकस्थित एक घरमा आगलागी भएको छ । करिव आधा घण्टा अघि स्थानीय कविता लिम्बुको बाख्राको खोरमा आगलागी भएको हो । आगलागीबाट केही बाख्रासमेत मरेको स्थानीय खगेन्द्र भण्डारीले जानकारी दिए । धरान उपमहानगरपालिकाको दमकल, प्रहरी तथा स्थानीयहरुले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् ।
थप विवरण आउन बाँकी छ ।
धरानको त्रिवेणी चोकमा आगलागी
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































