पोखरा / नेपालमा कोरोनाको संक्रमित एक जना थपिएका छन् । कोरोनाको छैटौं संक्रमित फेला परेको भोलिपल्टै भारतबाट फर्किएका कास्कीका एक व्यक्तिमा कोरानाको संक्रमण देखिएको छ । उनी सातौं संक्रमित हुन ।

कास्कीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको गण्डकी प्रदेश सरकारले जानकारी दिएको छ । उक्त व्यक्तिको स्वाब पूर्ण परीक्षणका लागि काठमाडौंस्थित टेकु पठाइएको छ । ती व्यक्ति भारतबाट आएका थिए ।