उर्लाबारी / कोभिड– १९ को संक्रमण नगर भित्रिने त्रासका कारण उर्लाबारी नगरपालिका वडा नं.–३ ले वडामा बाहिरबाट आउने र पाहुनालाईसमेत जरिवाना लिने निर्णय गरेको छ ।

बिहीबार बसेको वडा समितिको बैठकले लकडाउनको अवधीमा संभावित कोरोना भाईरस लागेका संक्रमण भएका कोही पनि नआउन भनेर यस्तो निर्णय गरेको वडाध्यक्ष गंन्जबहादुर कार्कीले बताए । बैठकले लकडाउनको अविधमा वडाकै नागरिक पनि बिदेशबाट आएका खण्डमा २ हजार र वडामा कसैको घरमा पाहुना आएमा पनि घरधनीले ५ हजार दिने निर्णय गरेको वडाध्यक्ष कार्कीले बताएका छन ।