पथरी । लायन्स क्लब अफ कानेपोखरी र रमाइलो बचत तथा ऋण सहकारी संस्थाको संयुक्ता आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

      विहिबार मोरङको कानेपोखरी–६, स्थित जनसेवा माविको प्राङ्गनमा भएको रक्तदान कार्यक्रममा ७१ पिन्ट रगत संकलन भएको थियो । रेडक्रस सोसाईटी सुनसरीको प्राविधिक सहयोगमा रक्तदान भएको थियो । रेडक्रसमा रगतको अभाव भएपछि लकडाउनमा पनि रक्तदान गर्नुपरेको लायन्स क्लब अफ कानेपोखरीका अध्यक्ष कुमार फुयलले बताए ।