धरान । हामीले बिहे गरेको केही वर्ष भयो । म २३ वर्षको छु, मेरी श्रीमती २१ वर्षकी छन् । हाम्रो ८ महिनाको बच्ची छन् । खुबै राम्रो । हेर्दै सलक्क परेको, खेलाउ–खेलाउ लाग्ने । तर, केही समय यता हाम्रो सम्बन्ध ठीकठाक चलिरहेको छैन । कारण, मेरी पत्नी केही मानिसहरूसँग खराब ‘रिलेसनसिप’ छिन् ।

त्यो मैले केही समयअघि मात्रै थाहा पाए, उनको मोबाइलमार्फत् । उनी कुनै पनि बेला मोबाइल आफ्नो साथबाट छाड्दिन थिइन् । तर संयोग, एक दिन उनी आमालाई भेट्न जाँदा हतारोले हुनसक्छ, मोबाइल घरमै छाडेकी थिइन् । मोबाइलमा म्यासेजको घण्टी बज्यो । के रहेछ भनेर मैले मोबाइलको म्यासेज हेरेँ, त्यो म्यासेजले मलाई ४४० भोल्टको करेण्ट लागे झैँ भयो । जहाँ मेरी पत्नी थुप्रै मानिससँग गरेको अन्तरङ्ग कुराकानीहरू थिए । केही नग्न तस्बिरहरू पनि आदानप्रदान भएको थियो । अन्त्यन्तै भद्दा खाल्का ‘सेक्सी’ म्यासेजहरू थिए । म त्यो हेर्न सक्ने अवस्थामै थिइन । जहाँ, मेरी मायालु पत्नी केही केटासँग ‘मुख मैथुन’ गरेका तस्बिरहरू पनि थिए ।

यस्ता तस्बिरका कारण म एकखाल्को ‘सक्ड’ मा थिएँ । मलाई चिडचिडाहट हुन्थ्यो । पत्नीको अनुहार देख्दा मेरो रिसको पारो छुट्यो, हावाहुण्डरीको बेग झैँ आउथ्यो रिसका आबेगहरू । एक दिन मैले पेट दुखेको झै बाहाना बनाएर ओछ्यानमा पल्टिरहेको थिएँ, त्यही बेला मेरी श्रीमतीले तीन जना मान्छेलाई विभिन्न आसनका नग्न तस्बिरहरू सेयर गरिन् । त्यसबेला मैले केही भनिन्, थाहा नपाए झैँ गरेँ । तर, भित्रभित्रै रिसले क्रुद्ध भएँ । त्यसको अर्को दिन पनि त्यस्तै गतिविधि मेरो श्रीमतीबाट भयो ।

geetty_image

getty Image

त्यसपछि उनीप्रतिको विश्वास नै उड्न थाल्यो । उनले यतिसम्म लेखेकी थिइन्, ‘मैले पठाएका म्यासेजबाट तिमीले धेरैभन्दा धेरै आनन्द लियौं होला हैन ?’ त्यो म्यासेजको विषयमा उनीसँग लडाइँ गर्दै भने, ‘यो म्यासेजको अर्थ के हो भन त ?’ उनलाई मैले सत्य कुरा बताउनका लागि जोडबल गरेँ । तर, उनले जवाफै दिइनन् । तिनीहरूसँग उनले मुख मैथुन गरेको तस्बिरहरू पनि पठाएकी थिइन् । जो मलाई पाच्य थिएन र छैन । म उनीसँग क्रुद्ध थिए, यो त अति नै भयो अब म सहन्न, यो त हदै भयो, उनलाई भने । यी कुराहरू धन्न मेरी छोरीले थाहा पाइनन् । किनकि त्यो बेला उनी सुतिसकेकी थिइन् ।

म गहिरो चिन्तामा छु । मलाई थाहा छैन म के गरुँ, त्यै पनि छोरीलाई हेरेर अझै अन्तिम पटक मौका दिऊ कि, ताकि सुध्रिहाल्छिन् कि भन्ने मनमा पनि आइरह्यो । उनमा विस्तारैविस्तारै परिवर्तन आउन थाल्यो । छोटो समयमा भएको त्यो शृङ्खलाबाट उनी बाहिर त आइन्, तर मलाई सधै लागिरहन्छ कि हाम्रो दाम्पत्य जीवन हिजोको झैँ हराभरा होला ? हामीबीच हुने ‘सेक्स’ नै ठीक भएन कि ! त्यसबाट म कहिलेकाहीँ हतास हुन्छु । मेरो मानसपटल नै रिङ्ग्याउँछ । उसले मलाई जुन हिसाबले धोका दिई त्यो कुरा मेरो दिमागमा कालो बादल झैँ मड्राइरहन्छ । म अहिले पनि उनलाई ‘किस’ गर्न सक्दिन किनकि त्यही मुखमा धेरैले यसअघि ‘मुख मैथुन’ गरेका थिए । त्यो मैले भुल्न सकेको छैन । अहिल पनि ।

भावानुवादः दी सनबाट