काठमाडौं । नेपालमा छैटौं कोरोना भाइरस (कोभिड–१९)को संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पुष्टि गरेका छन् । ती व्यक्ति चैत ४ गते नेपाल आएको बताइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको पाँचौ संक्रमित र दोस्रो संक्रमित छैठौं संक्रमित कतारबाट एउटै प्लेनमा कतार एयरको फ्लाइट नंं क्युआर ६५२ नं. आएको खुलेको छ ।
उनका अनुसार नेपालमा बिहीबार सवा ४ बजेसम्म ११८४ जनाको कोरोना परीक्षण भइसकेको र ४३ जनाको विभिन्न प्रयोगशालामा भइरहेको जानकारी दिएका छन् । हिजोसम्म नेपालमा १ हजार १ सय ३३ जनामा कोरोना परीक्षण गरिएको छ ।  यसअघि संक्रमण देखिएका पाँच जनाको स्वास्थ्य सामान्य रहेको डा देवकोटाले जनाएका छन् ।