इटहरी । लकडाउनको मौका छोपेर इटहरीमा हरियो तरकारीमा कालोबजारी भईरहेको छ । होलसेल तथा खुद्रा तरकारी बजारहरुमा मनपरी मुल्य लिएर तरकारी बेचिरहेका छन । सर्वसाधरणहरु ग्राहकहरुलाई २० रुपैया पर्ने सागलाई ५० रुपैया सम्म बिक्रि गर्ने गरेको पाईएको छ ।

इटहरी ,तरहरा लगायतको ठाउँमा मनपरी मुल्य लिएर तरकारी बिक्रि भईरहेको सर्वसाधरणहरुले गुनासो गरेका छन । इटहरी २० तरहराकी झुमा कार्कीले हरियो तरकारी किनिनसक्नु भएको बताईन । लक डाउन अघिको मुल्य भन्दा अहिले दोब्बर भन्दा बढि बढाएको भन्दै यस विषयमा गम्भिर हुन उनको आग्रह छ ।

बजारमा कालोबजारी बढेको भन्दै इटहरी उपमहानगरपालिकाले अनुगमन समेत गरेको छ । इटहरीकी उपप्रमुख लक्ष्मि गौतलले बजारमा तरकारीको मुल्य आचक्ली बढेको स्वीकार गरिन । अहिले ३५ रुपैया केजीको आलु ७० रुपैया समेत विक्रि भएको पाईयो उनले भनिन् । होलसेलले भन्दा पनि खुद्रा ब्यापारीहरुले मुल्य बढाएको भन्दै उनीहरुलाई एक पटकको लागि चेतानी दिएको जनाईन ।