धरान / स्पेन र अमेरिकामा कोरोनाभाइरसका कारण एकै दिनमा मृत्यु दर उच्च बनेको छ । स्पेनमा मृत्यु हुनेकाे संख्या ९३८७ पुगेको छ । अमेरिकमा ५१०९ ले ज्यान गुमाएका छन् । एकै दिनमा १९ सय थपिएका छन् । संक्रमितको दर पनि अमेरिकमा विश्वकै उच्च रहेको छ । २ लाख १५ हजार संक्रमित छन् । अमेरिकका राष्ट्रपति ट्रमपलेभने यसला२ सामान्य रुपमा लिइरहेका छन् । उनको सामाजिक संजालमा विरोसमेत हुदैं आएको छ ।

युरोपमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ३० हजार नाघिसकेको छ। स्पेनमा मात्रै अहिलेसम्म नौ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ जुन युरोपेली मुलुकमा इटलीपछि दोस्रो हो।इटालीमा १३,१५५ मृत्यु भएका छन् । अमेरिका तेश्रो स्थानमा छन ।

स्पेनमा एक लाखभन्दा बढी मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएका बेला नयाँ सङ्क्रमितको सङख्या भने निरन्तर घट्दै गएको जनाइएको छ। तर अमेरिककोसंक्रमितको संख्या बढ्दैं गएको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसले कोरोनाभाइरसको महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती भएको बताएका छन्।

कोरोनाभाइरसको रोकथामका लागि गरिएका प्रयासले अर्थतन्त्रमा नराम्ररी असर पुर्‍याउन सक्ने आकलन भएका बेला राष्ट्रसङ्घको पछिल्लो टिप्पणी आएको हो।

राष्ट्रसङ्घको प्रतिवेदनले कोरोनाभाइरसको महामारीका कारण विश्वभरि २ करोड ५० लाख जागिर गुम्न सक्ने अनुमान गरेको छ।

अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार कोरोनाभाइरसको सङ्क्रमण विश्वभरि अहिलेसम्म ९ लाख ३५ हजार मानिसमा देखिएको पुष्टि भएको छ भने ४७ हजार २ सय २३ जनाको मृत्यु भइसकेको छ।

विगत पाँच दिनयता प्रतिदिन आठ सय जनाभन्दा बढीको मृत्यु हुने गरेको छ। स्पेनमा विगत दुई हप्तादेखि सर्वसाधारणलाई घरबाहिर निस्कन र आवतजावतमा प्रतिबन्ध लगाइएको छ।

दुई दिनअघि त्यसमा थप कडाइ गरिएको थियो। तर कोरोनाभाइरसका कारण सबैभन्दा बढी प्रभावित मड्रिड र क्याटलोनियासहितका क्षेत्रमा स्वास्थ्यकर्मीहरूले आवश्यक चिकित्सकीय सामग्रीको अभावको सामना गरिरहेका छन्।

हालसम्म इटली सबैभन्दा नराम्ररी प्रभावित मुलुकको रूपमा देखिएको छ जहाँ कुल सङ्क्रमितको सङ्ख्या १,१०,५७ रहेको छ भने बिहीबार विहानसम्म १३,१५५ जनाको मृत्यु भइसकेको छ।

स्पेनमा १,०४,११८ सङ्क्रमित छन् भने ९,३८७ जनाको ज्यान गएको छ। इरानमा मृतकको सङ्ख्या ३,०३६ पुगेको छ। फ्रान्समा ४हजार लागेको छ । भारतमा पनि मृत्यु दर बढ्दो छ । बिहीबार हिानको तथ्याङ्क अनुसार भारतमा ५८ जनाले ज्यान गुमाइ सकेका छन् । १९५८ जना संक्रमित भएका छन् । 

कहाँ कति मरे(विवरणसहित)

1 2 3 4

 

 

 

 

 

 

श्राेत: https://www.worldometers.info/coronavirus/#countries