प्रदेश सरकारको कोषमा ११ करोड ९४ लाख संकलन

alt
  • चैत्र २०, २०७६
  • ब्लाष्ट खबर

विराटनगर / कोरोना रोकथाम, प्रतिरक्षा र उपचारका लागि प्रदेश सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा बुधबारसम्ममा ११ करोड ९४ लाख रुपैया बढी संकलन भएको छ ।
यो कोषमा प्रदेश सरकारले १० करोड रुपैया जम्मा गरेको छ भने सामाजिक संघ संस्था, बैंक, वित्तिय संस्था र व्यक्तिहरुले एक करोड ९४ हजार रुपैया जम्मा गरेका छन्् । कोषमा मन्त्रिपरिषद्का सदस्यहरु र राज्यमन्त्रीहरुले एक महिनाको पारिश्रमिक जम्मा गरेका छन् । त्यस्तै प्रदेशसभाका सभामुख र उपसभामुखले एक लाख २१ हजार, प्रदेश सभा सदस्यहरुले २२ लाख ३० हजार, राउत कन्ट्रकसन सर्भिसले ११ लाख, हुलास वायरले ११ लाख, अरिहन्त मल्टिफाइवरले ११ लाख, रघुपति जुटमिलले १० लाख रुपैया जम्मा गरेका छन् ।
त्यस्तै सिद्धार्थ बैङ्कले १० लाख, सिटिजन्स बैङ्क इन्टरनेशनलले ७ लाख, कृषि विकास बैङ्क लिमिटेडले ५ लाख, नेपाल बैङ्क लिमिटेडले ५ लाख, ट्रान्स नेपाल फ्राइट सर्भिसेजले ५ लाख रुपैया जम्मा गरेका छन् । एस आइ डी वि एलबाट दुई लाख दुई हजार, प्रदेश लेखा नियन्त्रण कार्यालयका कर्मचारीहरुबाट २० हजार र रामचन्द्र प्रसादबाट २० हजार रुपैया कोषमा जम्मा भएको छ ।
कोरोना भाइरसको रोकथाम, प्रतिरक्षा र उपचारका लागि प्रदेश सरकारले कोषको स्थापना गरेको हो । कोष राष्ट्रिय बाणिज्य बैङ्क विराटनरको कोरोना जनसुरक्षा कोष खाता नं २१२०००५८८१०१ मा जम्मा गर्न तथा फोन पेबाट पनि रकम जम्मा गर्न सकिने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

धरानको कोभिड अस्पताल ...

धरान । धरान मुस्लिम समाजले बीपी कोइराला स्वास्थ्य विज्ञ ...

वीरगन्जमा मृत्यु भएक ...

 वीरगन्ज  / वीरगन्जमा मृत्यु भएका एकजनामा कोर ...

कोभिड -१९ र साधारण ...

बीबीसी /  कोरोनाभाइरस सङ्क्रमणका प्रारम्भिक लक्षण ...

मिर्गौला पीडित संघ ग ...

धरान । मिर्गौला पीडित सङ्घको तदर्थ समिति गठन भएको छ । ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved