स्वास्थ्यका लागि आहारको अहम् भूमिका रहन्छ भन्ने कुरा अहिलेसम्मको अध्ययनले प्रष्ट पारेको छ । वर्तमान अवस्थामा सञ्चालन भैरहेको आहारमा सुधार ल्याउने हो भने स्वास्थ्यमा पनि सुधार ल्याउन सकिन्छ । यो कुरा पनि निर्विवाद भैसकेको छ कि आहार–विहारको वर्तमान जीवनशैलीलाई परिवर्तन गरी प्रकृतिको नजिक नल्याउने हो भने, रोगका अरु भयानक समस्याको सामना गर्नु पर्नेछ । अतः प्राकृतिक आहार र पोषण सम्बन्धमा अध्ययन गरी त्यसको अनुसरण गर्नु पर्ने बेला आएको छ ।
स्वास्थ्य विज्ञानको विद्यार्थीलाई थाहा भएकै कुरा हो कि मनुष्यको शरीर र यसका कोष, टिसु, ग्रन्थी लगायतका सबै अंगहरुको निर्माण आहारद्वारा नै हुन्छ । आहार स्वास्थ्यकर, पोषणयुक्त र प्राकृतिक गुणधर्मको भयो भने शरीरका अंगहरु स्वस्थ्य र बलियो तरिकाबाट बन्दछन् । यदि खाद्यहरु सडेगलेका, राम्रो पोषणगुण नभएका र कृत्रिम तरिकाका भए भने बहुत निर्बल र दुषित रगत उत्पन्न हुने हँुदा अंगहरु स्वतः रुग्ण ढाँचाका हुन जान्छन् । अतः आहारमा आप्mनो शरीर अनुसार पोषण हुन सक्ने पदार्थको चुनाव गर्नु बुद्धिमानी हो । वर्तमान समयमा भएका अनुसन्धानहरुले यो साबित गरिसकेका छन् कि आहार र पोषणको गलत चयन एवं उपयुक्त पूर्ती नगर्दा धेरै रोगहरु जन्मने गर्दछन् । वर्तमान समयका अधिकांश रोगमा वर्तमान आहार एवं पोषण प्रणालिले केही न केही भूमिका खेलेको पाइएको छ । वर्तमान आहारमा एकातिर कृत्रिमता बढि आइरहेको छ भने अर्कातिरफास्टफूडका नाउँमा रेडीमेड भोजनको फेसन नै आएको छ । यी फास्टफूडहरु जस्तै चाऊचाऊ, बिस्कुट, पाउरोटी र यस्तै अन्य खाद्यहरु धेरै बासी एवं मैदाबाट बनेको हुँदा पेटमा गए पछि कब्जियत गर्ने र कुपोषणमा सहयोगी हुने खतरा छ । अर्कोतिर दुधका नाममा पनि हामी ‘फमेन्टेड’ दुध पिउँछौं जसलाई पच्न धेरै बलियो पेट चाहिन्छ, यसमा पनि अनेक किसिमका मिसावट आप्mनै ठाउँमा छन् ।
अब रह्यो प्राकृतिक देखिने हरिया सागपात र फलफूलको कुरा । यसमा पनि सावधानीको जरुरत छ किनकी विभिन्न किटनाश औषधी, रासायनिक मल र अन्य विषालु पदार्थ कहिले प्रयोग भएको हो त्यो थाहा हुँदैन । चामल, दाल र अन्य प्रोटिनयुक्त खाद्यपदार्थलाई पनि पोलिस गर्ने प्रथाले गर्दा अरु समस्या खडा गरेको छ । तेलको मिसावट आप्mनो ठाउँमा छ यस्ता अवस्थामा पोषणयुक्त प्राकृतिक खाद्य कसरी रोज्ने ? यो एक समस्या नै हो तैपनि चुनाव क्रममा प्राकृतिक ढाँचातिर फर्कदा नै बढि श्रेयस्कर देखिन्छ ।
वर्तमान अवस्थमा आहारको प्राकृतिक ढाँचालाई निम्नानुसार वर्णन गर्न सकिन्छ ।
१) प्रथम दर्जा र प्राथामिकताः फलहरुः सिजन र जलवायु अनुकूल फल्ने सबै प्रकारका फलहरुः जस्तै आँप, सुन्तला, लिच्ची, अंगुर, केरा, खर्बुजा, तरबुजा, हलुवावेद, नासपाती, स्याउ, आरु, अम्बा, आदि अनेकौं ।
२) द्वितीय दर्जाः कन्दमुलहरु (सिजन अनुसार हुने गाँजर, मूला, प्याज, लहसुन, चुकन्दर, गान्टेमुला, तरुल, पिंडालु, आलु आदि अनेक)
३) तृतीय दर्जाः हरिया तरकारीहरु (सिजन र जलवायु अनुसार तैयार गर्न सकिने रायो, तोरी, बन्दगोभी, घिरौला, चिचिण्डा, लौका, परबल, फर्सी, बोडी, भण्टा, रामतोरिया आदि अनेक)
४) चौथो दर्जाः अन्नहरु (चामल, आटा, पिठो, दालहरु आदि सकेसम्म सग्ला र प्राकृतरुपमा)
५) दुध, दही तथा चिल्लो (पाएसम्म प्राकृतिक रुपमा गाईभैंसीको दुध, तोरी आदिको तेल, दही सबै किसिमका दुधको हुन्छ ।)
६) सुख्खा फलहरुः (किसमिस, काजु, ओखर, छोगडा आदिको आप्mनै ठाउँमा महत्व छ । भिजाएर खानुपर्दछ ।
७) विविध सलादहरुः कागती, काक्रो, गाँजर जस्ता खाद्यको पनि महत्व छ ।
८) चोकर, भिटामिन्स तथा खनिज लवण माथिका पदार्थहरुमा पाइन्छन् तैपनि उक्त पदार्थ सन्तुलित रुपमा लिन अन्य वैकल्पिक उपायको आवश्यकता पर्न सक्दछ ।
९) पानीः पानी पिउने विषयमा कुनै भुल गर्नु हुँदैन, किनकी मानव शरीरमा ७५% पानी नै छ । तर, वर्तमान प्रदुषणले गर्दा पानी उमालेर पिउनुपर्ने बाध्यता पनि आप्mनै ठाउँमा छ यसलाई ख्याल राख्नुपर्छ ।
१०) खाद्यपदार्थहरु मध्ये काँचै खान सकिनेलाई काँचै खानु जरुरी छ । तर, तिनलाई राम्ररी पखाल्ने र किटाणुरहित गर्ने विषयमा ध्यान पु¥याउनुपर्दछ ।
११) खाने सबैभन्दा राम्रो तरिका होः स्वयंको आन्तरिक भोक पहिचान । आन्तरिक भोकमा प्रेमपूर्वक खाएको खानाले अमृतको कार्य गर्दछ । बिनाभोकमा वा रिसपूर्वक खाएको खानाले विषको काम गर्दछ ।
१२) निकृष्ट खाद्यः माछा, मासु, अण्डा तथा रेडिमेड आहारहरु यिनीहरुको सम्बन्धमा धेरै जटिलता छ । यिनको उपयोग सकेसम्म कम भएको राम्रो रोगीका लागि यस प्रकारको आहार अत्यन्तै हानीकारक छ । यस आहारले रोगको अवस्थामा विषको नै काम गर्दछ । अतः रोगी अवस्थामा मात्र यस आहारलाई निषेध गर्नुपर्दछ ।

दैनिक सामान्य (आदर्श) आहार तालिकाः
विहान उठ्नेबित्तिकैः मनतातो वा इच्छा अनुसारको ग्लास वा १ लिटर पानीमा टेबुल चम्चाका १ चम्चा मह र आधा कागती राखेर पिउने ।
शौचपश्चात्ः
वयस्क व्यक्तिले मौसमअनुसारको एक ग्लास फलको रस दुध वा मही पिउने । २५ वर्ष मुनिकाहरुले एक ग्लास दुधको साथमा काजु, बदाम वा अंकुरित अनाज इच्छा अनुसार लिने ।
जसले विहान ९–१० बजेको बिचमा भोजन गर्दछन् उनीहरुलाई नास्ताको आवश्यकता छैन । जसले १ बजेतिर भोजन गर्दछन् उनीहरुलाई काम हेरेर यदि टेबुल कार्य हो भने फलको रस, दलिया, अंकुरित अनाजमध्ये कुनै एक वस्तु इच्छा अनुसार लिनु उचित हुन्छ । शारीरिक श्रम गर्नेहरुले अलि कडा नास्ता लिनुपर्दछ । विहान ९–१० बजे भोजन गर्नेहरुले दिउँसो २–३ बजे यस्तै प्रकारको नास्ता लिनु उपयोगी छ ।
भोजन दुवैपटककोः एक प्लेट सलाद, एक कचौरा उमालेको तरकारी, इच्छा अनुसारको रोटी, च्याँख्ला वा चामल र मुंग मुसुरको खडा (गेडा) दाल ।
यदि दही दुध फल आदिमा प्रेम छ भने आधा पेट मात्र भोजन गरी दही, दुध र फल लिनुपर्छ ।
कडा शारीरिक श्रम गर्नेहरुलाई यो चार्टभन्दा बढि क्यालोरीयुक्त अन्नहरु लिनुपर्ने आवश्यकता हुन्छ ।
उपयुक्त आहार क्रमलाई बेलाबखत परिवर्तन पनि गर्नुपर्दछ । त्यसैबेला इच्छा अनुसारका नरम आहारहरु लिनु उचित छ । एउटै पदार्थ सँधै लिइरहनुभन्दा मौसम अनुसार आहार परिवर्तन गर्नु धेरै उत्तम हुन्छ । यो कुरा हामीले प्रकृतिबाट बुभ्mनुपर्छ । सिजन अनुसार खाद्य वस्तुहरु फल्छन् । अतः त्यसै अनुसार आहार परिवर्तन गर्नु वैज्ञानिकता हो । यो कुरा प्रकृतिबाट राम्ररी सिक्न सकिन्छ । यदि होस र बोधकासाथ खाने हो भने प्रकृतिनिर्मित सबै खाद्यपदार्थ उत्तिकै राम्रा छन् ।
विशेषः (क) सामान्य रुपमा उपयुक्त आहार जारी राख्दा कहिलेकाही लीकबाट हट्नु (नियम तोड्नु) पनि उपयोगी हुन्छ । संसारमा बनाइएको सबै पदार्थ उपभोग कै लागि हुन् तिनलाई होस्पूर्वक उपभोग गरी इच्छातृप्ति गर्नु हो । यसो गर्दा बेहोशी र मदहोशी आउनु हुँदैन, स्थिती हेरी बुरुक्क उफ्रेर पुनः उपयुक्त आहार तालिकामा फर्कनु पर्दछ ।
विशेष (ख) आहारका बिचमा उपवासको पनि त्यतिकै महत्व छ । यसलाई भुल्नु हुँदैन । उपवास सम्बन्धि अध्यायबाट यसलाई बुझी व्यवहारमा उतार्नु पर्दछ ।
आहारका प्रमुख घटकः
आहारलाई मूलभूतरुपले दुई भागमा विभक्त गर्न सकिन्छ ।
१. अम्लधर्मी खाद्य 
२. क्षारधर्मी खाद्य 

यी दुई किसिमका खाद्य मिलेर शरीरका सेल र टिस्युहरुदेखि लिएर सबै अंगहरुको निर्माण गर्दछन् । जसमा १६ प्रकारका रासायनिक तत्वहरु हुन्छन् । उपयुक्त दुई खाद्यको सन्तुलनमा शरीर स्वस्थ्य रहन्छ भने यिनको असन्तुलनमा रोगले जन्म पाउँछन् । शरीरको रसायनशालाभित्र यिनले अति महत्वपूर्ण भूमिका खेल्दछन् । उपयुक्त खाद्यबाट २० प्रतिशत अम्ल र ८० प्रतिशत क्षार बनाउने प्रयत्न गर्दछन् । यही क्षार र अम्लको सन्तुलन हो । यसरी सामान्य स्वास्थ्यको अवस्थामा शरीरमा निर्मित रगत क्षारधर्मी हुन्छ र सम्पूर्ण स्वस्थ्य किटाणु संप्रेषण गर्दछ । यसैले आहारको चयन गर्दा पनि ८० प्रतिशत क्षार सम्पदा र २० प्रतिशत अम्लसम्पदालाई मिलाउनु पर्दछ । ताकि क्षार र अम्लेको सन्तुलन बनिरहोस् ।
जब हामीले आहार सन्तुलनको यो सूत्रलाई बिर्सन्छौं र अम्लधर्मी पदार्थको मात्रा बढाउँदछौं तब रगतमा अम्लको मात्रा २० प्रतिशतभन्दा बढि हुन थाल्दछ । यसलाई शरीरको प्रकृतिले देखाउन थाल्दछ र अम्ल बढि भएको चेतावनी दिन्छ । जस्तै ग्याँस फर्मेसन, उल्टी टाउको दुख्नु, कब्जियत हुनु, अपच, छातिमा जलत, अल्छीपना, असजिलोपना आदि ।
यस प्रकारको अक्षणलाई बुझेर हामीले तुरुन्तै १२ दिनको उपवास बसी आहार परिवर्तन ग¥यौं भने स्वास्थ्य पुनः आप्mनै ठाउँमा आउँछ । त्यो गरेनौ भने रोगतिर लम्कन थाल्दछ ।
अक्सर हामी अम्लधर्मी पदार्थ मन पराउँछौं र तिनलाई बढि ग्रहण गर्दछौं । जस्तै रेडिमेड खानाहरु माछा, मासु–अण्डा, दाल आदि । प्रायः सबै प्रकारका रेडिमेड खानाले अम्ललाई प्रधानता दिन्छन् । यसलाई प्mयाक्न शरीरले ज्वरो निकाल्ने, पखाला लगाउने, आउँ रगत जस्ता लक्षणहरु देखाउँछन् । दर्भाग्यको कुरो त्यस अवस्थामा पनि हामीले औषधी सेवन गर्दछौं । जो अम्ल धर्मी हुन्छन् । एक अम्ल अर्को अम्लसँग मिल्दा त्यसको क्षमतामा ५÷१० गुणा पनि वृद्धि हुन्छ । तर, प्रकृतिका उपयुक्त लक्षणहरु दब्न बाध्य हुन्छन् । यी लक्षण त दब्दछन् तर बिस्तारै रोगले अर्को रुप लिन थाल्दछ । नेफ्राईटिन, प्यारालाइसिस, सिरोसिस आफ लिभर आदिमभ्य जे पनि आउन सक्दछ । औषधीहरुले बाथ, दम, अल्सर, ब्लड प्रेसर, चर्मरोग, डाइबेटिज ।
यी रोगलाई दबाउन सक्दैनन् । र आजीवन औषधी सेवन गर्नु पर्ने बाध्यता सृजना हुन्छ । शरीरले प्राण अन्त्यका साथ मात्र यी रोगबाट छुटकारा पाउँछ । अथवा यस्ता रोगबाट मुक्ति पाउन ३,४ महिनासम्म प्राकृतिक चिकित्साको शरण पर्नुपर्ने हुन्छ । प्राकृतिक चिकित्सकले आप्mनो कला प्रयोग गरेर यस अवधिमा अम्लधर्मी शरीरलाई क्षारधर्मीमा रुपान्तरण गरिदिन्छन् ।
अब हामी अम्लधर्मी र क्षारधर्मी खाद्यका विषयमा सामान्य जानकारी प्राप्त गरौंः
अम्लधर्मी खाद्य 
१) हर्लिक्स र समकक्षका जाति
२) बार्लि र समकक्षका जाति
३) काँचो केरा
४) दलनहरु (दाल जात)
५) पाउँरोटी, विविध प्रकारका केक आदि
६) गेडागुडी
७) तैयारी भोजन, चाउमिन, चाउचाउ (विविध कन्फेक्सनरी)
८) चकलेट, कफी, आइसक्रिम चिया
९) फूल, माछा, मासु (विविध सबै)
१०) भात, चिनी, सखरखण्ड, गहुँ, मकै, अन्न
११) समुद्री खाद्य
१२) पेयहरु (रक्सी, बियर, कोक, फण्टा आदि)
१३) सुख्खा फल (बदाम, काजु, मुम्फली)
१४) फर्मेन्टेड दुध

क्षारधर्मी खाद्य (ब्पिबष्लिभ दबकभम ँययमक)
१) विभिन्न जातका ताजा फलफूलहरु
२) सुख्खा फल (किसमिस, छोहरा, खजुर)
३) पाकेको केरा
४) दुध (आमा, गाई, भैंसी)
५) दही, विविध, चीज
६) गाँजर, मूला, चुकन्दर, प्याज, लहसुन
७) काउली, आलु
८) विविध जातका हरिया तरकारीहरु
९) काँक्रो, खरबुजा, तरबुजा
१०) कागती, मह
११) टमाटर
१२) सोयाबिन
यसैले भोजनमा सलाद, तरकारी, दुध, फल, मह आदिको मात्रा दालभागको समकक्ष पु¥याउनु आवश्यक छ ।