देउराली । खैरेनी खानेपानी तथा सरसफई उपभोक्ता समितीले आफ्ना विपन्न, दलित तथा एकल सदस्यहरुलाई राहत बाडेको छ ।
धरान उपमहानगरपालिका ५ स्थित खैरेनीमा रहको समितीले दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने आफ्ना २२ विपन्न सदस्यहरुलाई लकडाउनको समयमा घरमै गएर खाद्यन वितरण गरेको हो ।

अत्याधिक संख्यामा दैनिक ज्याला मजदुरी गर्ने र विपन्न वर्ग रहेको उक्त क्षेत्रमा बुधबार समितीले चामल, दाल, तेल लगायतका खाद्यन, सावुन तथा अत्यावश्किय वस्तु वितरण गरेको थियो । आफू र समाजलाई बचाउन सहयोग गरिरहदाँ विपन्न वर्गका आफ्ना उपभोक्ताहरुले खाद्यन अभावका कारण भोकै बस्न नपरोस भनेर राहत वितरण गरेको समितीकी सचिव तीर्थ राईले बताइन् ।

उनले, घरमै गएर कोरोना भाइसरबारे जानकारी गराएर सचेतना जगाउदै सुरक्षित रहन अनुरोध पनि गरेको बताएकी छिन ।