काठमाडौं  / काठमाडौंस्थित मध्यपुरथिमि नगरपालिका गठ्ठाघर र सूर्यविनायक नगरपालिका बालकोटको सिमानाको एक खोलामा टाउको नभएको एक महिलाको शव फेला परेको छ ।  विभत्स अवस्थामा स्थानीय हनुमन्ते खोलामा शव भेटिएको प्रहरीले जनाएको छ ।

करिब एक साताअघि हत्या गरेर खोलामा फ्याँकेको हुनसक्ने अनुमान गरिएको शव प्रहरीले हिजो साँझ खोलामा भेटेपछि महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान र अपराध अनुसन्धान महाशाखाका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहसहितको नेतृत्वको टोलीले घटनास्थलको अनुसन्धान गरी राति शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको थियो ।

खोलामा करिब २८ देखि ३० वर्ष उमेरकी नीलो सुरुवाल र कलेजी रङको कुर्था लगाएको, टाउको नभएको, तिघ्रा र खुट्टामा जनावरले खाएकोजस्तो कोतरेको र बायाँ हातको नाडीमुनिको भाग नभएको अवस्थामा शव भेटिएको हो ।
कही हत्या गरेर ल्याइ फाकेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । यस विषयमा अनुसन्धान भइरहेको महानगरिय प्रहरीले जनाएको छ ।