धरान । धरानमा लकडाउन उल्लंघन गर्नेलाई धरानको भानुचोकस्थित वडा प्रहरी कार्यालय अघि कान समातेर घुँडा टेकाएको छ । उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । लकडाउन अवज्ञा गर्नेलाइृ दिनभरी नियन्त्रणमा राख्ने तरिकाले पनि नमाने पछि प प्रहरीलले यस्तो कदम उठाएको हो ।

एक महिला प्रहरी र केही नगर प्रहरीहरुले दुई युवालाई कान समोतर घुँडा टेकाएको भिडियोमा देखिएको छ । आक्रोशित महिला प्रहरीले ती युवाहरुलाई कडा शब्दमा गाली समेत गरेकी छन् । र घुँडा टेकाएर एक छिन हिडाएर छाडिएको छ ।