पथरी / मोरङको कानेपोखरी गाउँपालिकाले वडा नंं ४ स्थित बयरवन बजारको स्वास्थ्य चौकीमा ८ बेडको क्वाराइन्टाइन स्थापना गरेको छ । बैदेशिक रोजगारबाट आएकोहरुलाई तत्काल संक्रमणबाट बच्नको लागी १४ दिनसम्म बस्ने क्वाराइन्टाइन स्थापना गरेको हो ।
वडा नं. ४ का वडाध्यक्ष धनबहादुर राईको संयोजकत्वमा पार्टीका प्रतिनिधि सदस्य रहने गरी क्वाराइन्टाइन व्यवस्थापन समिति गठन गरी सोमबारदेखि संचालनमा ल्याएको छ । स्वास्थ चौकीमा रहेको सर्पदंश उपचार केन्द्रको भवनमा क्वाराइन्टाइन निर्माण गरिएको हो । त्यसको वरिपरी पर्खाल छ र अघिल्लो भागमा त्रिपालले घेरा गरिएको छ । क्वारान्टाइनमा बस्ने विरामीको लागी ट्याइलेट, बाथरुम, खाजा, खान सबैको व्यवस्थापन गरेको वडाध्यक्ष धनबहादुर राईले बताए ।
अहिले तत्काल विरामी आएका छैन, आएपछि स्वास्थ चौकीका सबै स्वास्थ्यकर्मीहरु त्यसमा लागिपर्ने गाउँपालिकाको स्वास्थ्य संयोजक रोहिन्द्रकुमार राजभण्डारीले बताए । अहिले होम क्वाराइन्टाइनको लागी होममेड पिपिई पालिकाको तीन वटा स्वास्थ्य चौकीका ६ जना स्वास्थकर्मीहरुलाई र एम्बुलेन्स चालकलाई दिएको छ । त्यसैगरी क्वाराइन्टाइनमा रहेको विरामीको रेखदेखको लागी प्रदेश सरकारबाट कानेपोखरी गाउँपालिकालाई दुई थान पिपिई आउँर्दै गरेको गाउँपालिकाको उपाध्यक्ष राजमती इङ्नामले बताइन ।
उनीले गाउँपालिकाम कोरोनाको संक्रमण बढी देखिएमा अन्य स्थानमा पनि क्वाराइन्टाइन राख्न सकिने बताइन । अहिले गाउँपालिकामा ६३ जना बैदेशिक रोजगारबाट घर आएका तथ्याङक रहेको छ । जसमध्ये अष्ट्रेलियाबाट घरआएका कानेपोखरी ५ का दम्पती वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानको आइसोलेसनमा बसेका थिए । थ्रा्ट स्वाब रिर्पोट नेगेटिम देखिए पछि उनीहरु घर फर्केका छन् । त्यसैगरी दार्जिलिङबाट आएका वडा नं. ४ का एकजना चैत १६ गते वीपी प्रतिष्ठानमा राखिउको छ ।