धरान । भारतबाट यही साता नेपाल आएकी चन्द्रागिरी नगरपालिका–१५ की एक युवतीको मृत्यु भएको छ ।
उच्च ज्वरो र स्वासप्रस्वासमा समस्या भएर सोमबार बिहान भर्ना भएकी युवतीको मृत्यु भएको छ । मृत्युको कारणबारे खुल्न नसके पनि कोरोना संक्रमणको आशंका गरिएको छ । सोही आशंकामा उनलाई वीर अस्पतालमा बिहान भर्ना गरिएको थियो ।
वीर अस्पतालमा निर्देशक डा. केदार सेञ्चुरीका अनुसार उनलाई बेहोस अवस्थामा अस्पताल ल्षइएको थियो । कोरोनाको आशंका गरिएकी ती मृत युवतीको स्वाब परीक्षणका लागि टेकु अस्पतालमा पठाइएको उनले जानकारी दिए ।