धरान / अस्पताल क्षेत्र संवेदनशिल क्षेत्र भएकाले त्यहाँ काम गर्ने नर्सहरुलाई व्यक्तिगत सुरक्षाको सामाग्री आवश्यक हुन्छ । विश्वलाई नै त्रसित बनाइरहेको कोरोना भाइरस(कोभिड १९) संक्रमण भएको वा संक्रमणको आशंका गरिएकाहरुको उपचारमा अग्रपंक्तिमा खटिने नर्सहरु सर्जिकल माक्सको भरमा खट्नु पर्ने भन्दैं मानसिक तनावमा पर्न थालेका छन् । व्यक्तिगत सुरक्षाका सामाग्री सरकारले उपलब्द गराउन नसके पछि कतिपय अस्पतालमा काम गर्ने नर्सहरु तनावमा परेका हुन ।

वीपी प्रतिष्ठानको इमेरजेन्सी, गाइनोको इमेरजेन्सीलगायत क्षेत्रमा काम गर्ने नर्सहरु पनि तनावमा छन् । एउटा माक्सका भरमा काम गर्नु पर्ने अवस्था हुदा उनीहरु निरास छन् । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कार्यरत स्टाफ नर्स तथा कर्मचारीहरुले आवश्यक पिपिई उपलब्द गराउन माग गरेका छन् । नर्स तथा कर्मचारीहरुले आइतबार प्रतिष्ठानका कार्यवाक उपकुलपति प्राडा गुरुप्रसाद खनाल र अस्पताल निर्देशक प्राडा गौरीशंकर साहलाई सुरक्षा सामग्री उपलब्ध गराउन लिखितरुपमा नै माग गरेका थिए ।

आफुहरु उपचारमा खटिए पनि पिपिई नहुदा आफुसँगै परिवार पनि संक्रमणको जोखिम भएको उनीहरुको गुनासो छ । जीवन विमा र व्यक्रिगत सुरक्षाका सामाग्री उपलब्द नभए काममा जान नसक्ने उनीहरुको भनाई छ । सुरक्षाका सामाग्री देश भर नै अभाव भएकाले समास्या भएको प्रतिष्ठानका कार्यवाहक उपकुलपति प्रा।डा।गुरुप्रसाद खनालले बताए । सरकारसँग माग गरिएको अव चाढै व्यवस्था हुने उनले बताए । प्रतिष्ठानका मेट्रोन उपेन्द्र यादवले वार्डमा सर्जिकल मास्क र ग्लोब्स दिएको बताए । सरकारको गाइर्डलाइनमा सामान्य विमारीको उपचारमा खटिदा माक्स र ग्लोव्स प्रयोग गर्ने भनिएको छ । तर, ल्याब र आइसोलेसनमा फुल पिपिई आवश्यक भएकोले त्यहाँ भने व्यवस्थापन गरिएको मेट्रोन यादव बताउछन् । प्रतिष्ठानमा हाल ४ सय ८९ जना नर्सकार्यरत छन् । आवश्यक ६ भन्दा बढि भए पनि ४८ ९ जनाले काम चलाईरहेका छन् । कामको चापमा झन असुरक्षा बढेको उनीहरुको गुनासो छ ।