धनकुटा/कोभिड–१९ नोवेल कोरोना भाईरसको विश्वव्यापी महामारी फैलिरहेको सन्दर्भमा नेपालमा लकडाउनको छैटौं दिन वितिरहेको छ ।

यसैक्रममा धनकुटा नगरपालिकाले नगरको चोकहरुमा आईतवार २ वजे देखी वातवरणिय प्रदुषण नियन्त्रण गर्ने उदेश्यले दमकल मार्फत क्लोरिन स्प्रे गरेको छ । धनकुटा नगरपालिकाको स्वास्थ्य शाखाको अगुवाईमा स्वास्थ्यकर्मीहरुको एक टोलीले नगर प्रहरीको सहयोगमा दमकल मार्फत क्लोरिन छर्कने कार्यको थालनी गरेको स्वास्थ्य शाखाका संयोजक भोजराज भण्डारीले वताए । औषधी सहितको क्लोरिन छर्कने कार्यमा कर्मचारीले आफू सुरक्षित हुने पिपिईका आवश्याक समाग्री लगाएर खटिएका छन् ।

भण्डारीका अनुसार दमकलको सहयोगले ४ हजार लिटर पानीमा ६ केजी क्लोरिन मिसाएर धनकुटा वजारको वसपार्क, हुलाकटोल, मदनचोक, विचवजार, सिरान वजार, भिमनारयण चोक, माथिल्लो कोप्चे, तल्लो कोप्चे, लोकसेवा, सिरवानी, जिरोपोईन्ट लगायतको स्थानमा हानिएको वताइएको छ । उनले मिक्स गरेको औषधी पानीले कति भ्याउँछ, त्यति हान्ने बाँकी सोमवार देखी निरन्तर औषधी हान्ने वताए । हिले वजारमा सोवार क्लोरिन सहितको औषधी पानी छिट्ने कायृक्रम रहेको वताएका छन् । उनले औषधी हान्ने क्रममा नेपाल प्रहरीलाई अघि लगाएर पुर्व जानकारी गराएर मात्र सवै घरहरु बन्द गरेर स्प्रे गर्ने गरिएको वताए । जिल्लाको अन्य स्थानिय तहरुमा पनि दमकलको माग भै आएको भण्डारीले वताए ।

सो क्लोरिन छिट्ने कार्यमा नगर प्रमुख चिन्तन तामाङ, उप–प्रमुख शकुन्तला वस्नेत, प्रमुख प्रशासकिय अधिकृत रामवहादुर थापा, वडा नं.७ का वडाध्यक्ष जंगवहादुर आठपहरिया, वातवरण शाखा प्रमुख उपेन्द्र खनाल लगायतको उपस्थिति रहेको थियो ।