धरान । रूपन्देहीस्थित बुटबलको कोरोना विशेष अस्पतालमा राखिएका एक युवाको मृत्यु भएको छ ।
कोरोना विशेष अस्पतालमा उपचाररत रहेका सैनामैना नगरपालिकाका ३४ वर्षीय एक युवाको मृत्यु भएको हो । उनी चैत १३ गते अस्पतालमा भर्ना भएका थिए । बुटबलको धागो कारखानालाई कोरोना विशेष अस्पतालमा रूपान्तरण गरिएको थियो । उनको स्वाब परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आइतबार बिहान पठाइएको छ । उनी चैत ८ गते वैदेशिक रोजगारी अन्तर्गत दुबईबाट नेपाल फर्किएका थिए । उनको मृत्युको कारण कोरोना हो÷होइन भन्ने विषयमा नखुले पनि अहिले अस्पताल प्रशासनले आकस्मिक बैठक गरिरहेको छ ।