लक्ष्मीमार्ग / बाइवल पढे कोरोना भाइरस निको हुन्छ भन्दै प्रथना गराँउदै गरेको अवस्थामा बेलवारी १० बलुवाहीस्थित कुण्डलीबारी चर्चमा भेला भएका व्यक्तिलाई सशस्त्र प्रहरी वल वेस क्याम्प लक्ष्मीमार्गको टोलीले पक्राउ गरेको छ ।
हिजो साँझ गस्ती गर्ने क्रममा उक्त चर्चमा करिव बिस जना भन्दा बढी भेला भएर वाइवल पढिरहेको अवस्थामा भेटिएका थिए । उनीहरुले प्रहरीलाई देखे पछि भागेका थिए । तर केहिलाई भने सशस्त्र प्रहरीको उक्त टोलीले पक्राउ गरेको सशस्त्र प्रहरी वल वेस क्याम्प लक्ष्मीमार्गले जनाएको छ ।
बेलवारी १० मा रहेका गोपाल राजवंशीले आफ्नै घरमा उनीहरुलाई भेला पारेर प्राथना गराएका थिए । उनीहरुलाई सम्झाएर छाडिएको बताइएको छ ।