मधुमल्ला/मोरङको मिक्लाजुङ गाउँपालिकाले लक डाउनकोे समयमा दैनिक ज्यालादारीमा काम गरेर दैनिक गुजार चलाउने ७५ घर परिवारलाई खाध्यान्ह सहयोग उपलब्ध गराएको छ । मिक्लाजुङ गाउँपालिका वडा नं. ७ को सिशौली टोलमा दैनिक ज्यालादारी काम गरेर गुजारा चाउने ७५ घर परिवारहरुलाई खाध्यान्ह उपलब्ध गराएको गाउँपालिका अध्यक्ष देवी प्रसाद आचार्यले बताए ।
७५ घर परिवारलाई ५ केजी चामल, १ केजी दाल र एक लिटर तेलका दरले खाध्यान्ह वितरण गरिएको मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष सरला राईले बताइन । कोरना भाइरसको सक्रमणलाई न्यूनीकरण गर्न सरकाले देशभर लकडाउने गरपछी मजदुर बर्गलाई खाध्यान्ह अभाव नहोस भन्ने उदेश्यले खाध्यान्ह वितरण गरिएको उपाध्यक्ष राईले बताइन ।
मिक्लाजुङको वडा नं. ७ मा करिब तिनसय बढीको संख्यामा दैनिक ज्यालदारीमा काम गरी गुजारा चालाउने घरपरिवारहरु रहेको र त्यसमा पनी अति नाजुक अवस्था भएकाहरुलाई पहिलो चराणमा खाध्यन्ह वितरण गरिएको वडा नं. ७ का वडाध्यक्ष शुशिलराज चौहानले बताए । मिक्लाजुङ गाउँपालिकाले दैनिक ज्यालादारिमा काम गर्ने कामदारहरुलाई खाध्यन्ह अभाव भए सम्बन्धी वडामा सम्पर्क गर्न यस अघीनै गउँपालिकाले सुचित गरेको थियो ।
राहत वितरण कार्यक्रममा नेकपा मिक्लाजुङ अध्यक्ष नरेन्द्र प्रसाद ढुङगेल, इप्रका मधुमल्ला प्रतिनिधी, वडा सदस्यहरु, वडाध्यक्षहरु बुद्धीलाल निरौला, शुशिलराज चौहान, गा.पा. उपाध्यक्ष सरला राई, अध्यक्ष देवी प्रसाद आचार्यको उपस्थिती रहेको थियो । यस्तै पछिल्लो १५ दिन भित्र बिदेशबाट नेपाल आएका कोही छरछिमेकी वा कोही भए मिक्लाजुङ गाउँपालिका स्वास्थ्य साखा, मिक्लाजुङ गाउँपालिका वा सम्बन्धीत वडाको वडाध्यक्षलाई सम्पर्क गरी सहयोग गर्न समेत गाउँपालिकाले सुचना गरेको छ ।