धरान / इटहरी उपमहानगरको आकस्मिक कार्यपालिकाको वैठकले सवैवडाहरुमा राहत वितरण गर्ने निर्णय गरेको छ ।
प्रत्येक वडाले दैनिक गुजारा गर्न समस्या हुने विपन्न वर्गहरुको लगत संकलन गरि वडासमितिवाट प्रमाणित नामावलीका आधारमा सम्वन्धित वडावाटै राहत वितरण गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अघिकृत कृष्ण प्रसाद चापागाईले जानकारी दिए ।
वैठकले लक डाउन अवधिभर आधा महिनाको घरभाडा छुट गरिदिन घरधनीहरुलाई अनुरोध गर्ने निर्णय गरेको छ । यस्तै उपमहानगरले स्थानीय तह प्रकोप ब्यवस्थापन कोष स्थापना गर्ने निर्णय गरेको छ । कोषमा कार्यपालिका सदस्यहरुले १ महिनाको सुविधा वापतको रकम र कर्मचारीहरुले सात दिनको तलव वापतको रकम जम्मा गरिने निर्णय भएको उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन ।
बैठकले सबै नगरवासीलाई घरमै बस्न अनुरोध गरेको छ । मानविय समस्याका लागि उपमहानगरले सहयोग गर्ने उपमेयर गौतमले जानकारी दिइन ।