मोरङ ।  मोरङको मिक्लाजुङ गाउँपालिका -५ धानखेती बस्ने २२ बर्षीय जिवन बिकको माछा पोखरीमा डुबेर मृत्यु भएको छ । शुक्रबार आफ्नै घर नजिक रहेको माछा पोखरीमा बिक मृत फेला परेका हुन् ।

पोखरीमा डुबेर मृत अवस्थामा निजका आफन्तहरुले देखे पश्चात प्रहरी खबर गरेका थिए। खबर प्राप्त भए संगै ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरी टोली खटि गई शवलाई पोखरीबाट बाहिर निकाली कानूनी प्रकृयाका साथै घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।