पथरीशनिश्चरे / मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले कोरोना भाइरसको संक्रमणको नियन्त्रण अभियान अन्तर्गत विदेशबाट आएका ८ जनालाइ हाल्सम्म्म क्वारेन्टाइनमा पठाएको छ।
नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना बिष्ट बास्तोला सहितका वडाका जनप्रतिनिधि, जनस्वास्थ्य निरीक्षक मुरारी आचार्य सहितले विदेशबाट आएकाहरुको खोजी गरेर मिक्लाजुङ्को टाडीमा रहेको क्वारेन्टाइनमा लगिएको छ । आजसम्ममा ८ जनालाई सुरक्षित बसोबास र हेरचाहका लागि क्वारेन्टाइन लगिएको जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जनाए ।
यसैबीच, नगरपालिकाले पथरी नगर अस्पतालमा १० बेडको आइसोलेसन वाड तयारी गरेको र शनिबारदेखि सेवा सुचालु गर्ने भएको छ । सो अस्पतालका स्वास्थ्यकर्मीहरुलाइ शनिबार पनि बिदा नगरी काममा खटाइने भएको छ ।