भण्टाबारी । सुनसरी सदरमुकाम इनरुवास्थित सखुवागाछीमा आज बिहान मोटरसाइकलको ठक्करबाट एकजनाको ज्यान मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जादै गरेको मे ६ प १८३० नम्बरको मोटरसाइकलको ठक्करबाट इनरुवा नगरपालिका ६ बस्ने रघुवीर कटुवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी बिनोद शर्माले जानकारी दिए ।

ठक्कर दिने मोटरसाइकल चालक सप्तरी बस्ने बिष्णुदेव यादव समेत गम्भीर घाइते भएको र उनको बिराटनगरको नोबेल अस्पतालमा उपचार भइरहेको सुनसरी प्रहरीले जनाएको छ । मोटरसाइकल चालक यादव लकडाउनमा औषधि लिन भन्दै बिराटनगरतर्फ जादै गरेको अवस्थामा इनरुवामा एकजनालाई ठक्कर दिएको बताइएको छ ।