भद्रपुर । कोभिड १९ को संक्रमणबाट बच्न नेपाली काङ्ग्रेस कचनकवल गाउँपालिकाले गाउँबासीलाई सेल्फ क्वारेन्टाइनमा बस्न अनुरोध गरेको छ ।

सरकारले नागरिकको स्वास्थ्य सुरक्षाका लागि नै लकडाउन गरेको भन्दै पूर्णरूपमा पालना गर्न सबै गाउँबासीलाई अनुरोध गरेको हो । गाउँपालिका सभापति तुलाराम अधिकारी, क्षेत्रीय सचिव गीताप्रसाद भट्टराई, ट्रेड युनियन काङ्ग्रेस कचनकवलका सभापति सञ्जीव प्रधान, प्रदेश क्षेत्रीय सभापति चिन्तामणि खरेल र महासमिति सदस्य भूमिप्रसाद राजवंशीले संयुक्त अपिल गरेको हो ।

अपिलमा भनिएको छ, ‘लकडाउनले जनजीवनमा केही असजिलो हुन सक्छ तर यस असजिलोभित्र हामी सबैको जीवन सुरक्षा जोडिएको छ । अनावश्यक भीडभाड निर्माण नगर्ने, नेपाल भारतका खुला सिमाना नाका रहेकाले त्यतातिर आहोरदोहोर नगर्ने, कसैलाई कोरोना रोगको सङ्क्रमणको शङ्का लागे तुरुन्त नजिकको स्वास्थ्य केन्द्रमा सम्पर्क गर्ने ।’