विराटनगर । लकडाउनको समयमा विराटनगरको न्युरो अस्पताल अगाडि रहेको प्रबल मेडिकल हलले आवश्यक पर्ने औषधि घरमै पु¥याइदिने भएको छ ।
विरामीको लागि आवश्यक पर्ने औषधि अर्डर अनुसार घरमै उपलव्ध गराइदिने सुविधा घोषणा गरेको हो ।
होम डेलिभरी सेवा अन्तरगत ९८१९७२९७१५ नम्बरमा सम्पक वा म्यासेज गरेमा विरामीप्को घरमा र्औषधि उपलब्ध गराउने सञ्चालक सत्यम नेपालीले जानकारी दिए । चिकित्सकले सिफारिस गरे अनुसार औषधि उपलब्ध गराउँने उनले बताए । उनका अनुसार जेष्ठ नागरिकको पे्रसर, सुगरलगायतको जाँच तथा औषधी पनि घरमा उपलब्ध गराउने जानकारी दिए ।

होम डेलिभरी सेवा अन्तरगत औषधिको लागत मुल्य मात्र लिने बताएका छन् । विरामीले मगाएको औषधिको खरिदमा सेवा शूल्क नलाग्ने सञ्चालक सत्यम नेपालीले जानकारी दिए । लकडाउनमा समस्यामा परेका सेवाग्राहीलाई सहयोगका लागि यस्तो व्यवस्था गरेको संचालक नेपालीले बताए ।