ब्लाष्टखबर । बिश्वभर फैलिदै गइरहेकाे काेराेना भाइरसले २ सय देशलाइ प्रभावित बनाइसकेकाे छ । चीनकाे बुहानबाट शुरू भएकाे भाइरसकाे संक्रमण चीनभन्दा बढी अमेरिकामा देखिएकाे छ । 

अमेरिकामा २४ घण्टाकाे अवधिमा १६ हजार जना संक्रमित भइसकेका छन् । जहाँ कुल ८५ हजारभन्दा बढी भाइरसबाट संक्रमित बनेका छन् । याे संख्या चीनकाे तुलनामा बढी हाे । अमेरिकामा १० गुणाका दरले संक्रमितकाे संख्या बढिरहेकाे छ । 

अमेरिकामा एक हप्ता अगिसम्म काेराेना संक्रमित ८ हजार रहेका थिए । विश्वमा काेराेना संक्रमितकाे संख्या ५ लाख भन्दा माथि पुगेकाे छ ।

हालसम्म काेराेना भराइरसकाे संक्रमणबाट २४ हजार ५४ जना मानिसले ज्यान गुमाइसकेका छन् । भारतकाे समाचार एजेन्सी पिटिआईका अनुसार अमेरिकामा पछिल्लाे २४ घण्टामा  १६ हजार मानिसमा याे संक्रमण देखीएकाे हाे । त्यस्तै, २४ घण्टामा २६३ जनाले  ज्यान गुमाइसकेका छन्, भने २ हनार भन्दा बढिकाे अवस्था गम्भीर रहेकाे जनाएकाे छ । 

आफ्नाे देशमा अत्याधिक संक्रमित देखीएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपले  चिनकाे आकडा माथी शंका जनाउदै, चिनिया राष्टपती शी  जिनपिंगसंक कुरा गर्ने बताएका छन् ।