ब्लाष्टखब । काेराेनाकाे संक्रमणबाट भारतमा शुक्रबार सम्ममा २० जनाकाे मृत्यु भएकाे जनाइएकाे छ । भरतमा  ७ सय ३३ जनामा कोरोना भाइरसकाे संक्रमण भएकाे छ । बिश्व लाइनै अातङ्कीत गराउने कोरोना भाइरसबाट जोगाउन भारतमा सरकारले  २१ दिनको लकडाउन घोषणा गरेका छ । 

 आम सुरक्षाका लागि भनि गरिएकाे लकडाउनकाे अवज्ञा  गरेपछि  एक भाइले आफ्नै दाजुकाे हत्या गरेका छन्  ।

गत बुधबार मुम्बईको कांदिवलीमा लकडाउनकाे अवज्ञा गर्दै आफ्नी श्रीमतीसँग बाहिर गएका राजेश नाम गरेका एक व्यक्तीलाइ आफ्नै भाइले हत्या गरेका हुन् ।  लकडाउनकाे अवज्ञा गर्दै बाहिर जादाँ काेराेना संक्रमण हुन सक्ने र परिवारमा फैलन सक्ने भन्दै उनिहरू बिच भएकाे सामान्य विवाद ठूलाे रूपलिए पछि उनका भाइले  राजेश हत्या गरेकाे भारतिय सञ्चार माध्यमले जनाएकाे छ ।