विसं २०७६ चैत १४। शुक्रवार। इस २०२० मार्च २७। नेसं ११४० चौलाथ्व। चैत्र शुक्लपक्ष। तृतीया, २०ः१० उप्रान्त चतुर्थी।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालकोछ  । विवाह ब्रतबन्ध जस्ता कार्यक्रममा संलग्न भइएला । अतिथि सेवा गर्ने अवसर मिल्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नया“ कार्य–व्यवसायको शुभारम्भ हुनेछ । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् । लाभदायी यात्रा होला ।  
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समय राम्रो छ । अरूलाई प्रभावित पारेर मात्र आफ्नो काम सफल होला । न्यायिक कार्यमा सफलता मिल्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)  
नया“ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक क्षेत्रमा सोचेभन्दा राम्रो सफलता मिल्ला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पठन–पाठन तथा लेखन कार्यमा मन जानेछ । जागिरमा बढुवा तथा स्थानान्तरण होला । मन प्रसन्न बन्नेछ ।                                                                        
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सामाजिक क्षेत्रमा सफलता मिल्ला । छोटो दूरीको लाभदायी यात्रा होला । राजनैतिक निकायमा उच्च स्थान रहला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
शुभ समाचार सुन्न पाइएला । वैदेशिक क्षेत्रको काममा सफलता मिल्ला । सामाजिक काममा सक्रिय भइएला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय उत्तमखालको छ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । प्रयास गर्दा अचल सम्पत्ति हात पर्ने योग रहेको छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)  
नया“ कार्य–व्यवसायको शुभारम्भ हुनेछ । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् । लाभदायक यात्रा होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिहरूसित रमाइलो भेटघाट हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय सामान्यखालको छ । धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । लाभदायी यात्राको अवसर मिल्ला ।