धनकुटा /  विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को आशंकामा ४ चिनियाँ नागरिकलाई विहिवारदेखी क्वारेन्टाइनमा राखिएकोछ ।
धनकुटा नगरपालिका वडा नं.९ मुलघाटमा रहेको रिभर साइड रिसोर्टमा बस्दै आएका चिनियाँ प्राविधिक तमोर बहुउद्देश्यीय जलाशय परियोजनाको सम्भाव्यता अध्ययन गर्न तीन महिना अघि नेपाल आएको जनाइएको छ । रिभर साईड रिसोर्टमा क्वारेन्टाइन निर्माण गरेर त्यही राखिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सुदर्शनप्रसाद कोइराला बताए ।
कोइरालाका अनुसार जिल्ला अस्पताल धनकुटामा स्वास्थ्य परीक्षण गरि चिकित्सकको निगरानीमा रिर्सोटमा राखिएको छ । संक्रमणको लक्षण देखिए तुरुन्त धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरेर स्वाब परीक्षण गरि उपचार गर्ने व्यवस्था मिलाइने धनकुटाका प्रमुख जिल्ला अधिकारी केशबप्रसाद बिमलीले जानकारी दिए ।
धनकुटा जिल्लामा निशेधआज्ञा जारी गरि नागरिकहरुलाई आवागमन निषेध गरि कडाई गरिएको छ । फ्रान्सबाट आएकी कोरोना संक्रमित युवतीसंगै एउटै प्लेनमा यात्रा गर्ने धरान उपमहानगर दुईजना फेला परेपछि धनकुटामा बुधवारदेखि थप कडाई गरिएको छ । यता फ्रान्सबाट आएकी कोरोना संक्रमित युवतीसंगै एउटै प्लेनमा यात्रा गर्ने दिनेश भण्डारी भन्ने व्यक्ति धनकुटाको भएको भन्दै प्रशासनले खोजी गर्ने क्रममा दमक पुगेको र त्यही क्वारेन्टाईनमा राखेको छ ।