सिरहा । सिरहा मिर्चैया नगरपालिका–१२ सिक्रोनका युवाहरूले एक हजार माक्स वितरण गरेका छन् ।

कोभिड–१९ को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै माक्स वितरण गरिएको मिर्चैया–१२ का युवा अरुन सहनीले जानकारी दिए । सिक्रोनसहित अन्य क्षेत्रका सर्वसाधारणलाई निःशुल्क मास्क वितरण गरिएको दीलिप कामतीले बताए ।

स्थानीय युवाहरूले अत्याबश्यक कामबाहेक बाहिर ननिस्कन र सावधानी अपनाउनसमेत आग्रह गरेका छन् । ‘सामाजिक कामका लागि युवा’ भन्ने नाराका साथ युवाहरूले सहयोग गर्दै आइरहेका छन् ।

बजारमा माक्सको अभाव भएका बेला युवाहरूले निःशुल्क रूपमा वितरण गरेको धिरज कामतीले जानकारी दिए ।