संखुवासभा । कोभिड–१९ अर्थात कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यानमा राखेर देशभर गरिएको लकडाउनको तेस्रो दिन पनि संखुवासाभमा भरि पूर्ण प्रभाव परेको छ ।

जिल्ला सदरमुकाम खाँदवारीसहित विभिन्न व्यपारिक केन्द्रहरु सुनसान अवस्थामा छ । जिल्लाको चैनपुर बजार, तुम्लिङटार लगायत अन्य व्यापारिक बजारहरु पोखरी, खराङ, मुढे शनिश्चरे, नुम, मानेभञ्ज्याङ, मादी ओखरबोटे, बाह्रविसे लगायत शहरी क्षेत्रहरुमा लकडाउनको प्रत्यक्ष प्रभाव परेको छ ।

बजारका पसल, होटल, कलकारखाना,उद्योगधन्दा, व्यापार व्यवसाय आज पनि ठप्प छन् । बजार लगायत क्षेत्रमासुरक्षाकर्मीहरुको कडा निगरानी गरिरहेको छ । प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद दुलालका अनुसार जिल्लाअत्यआवश्यक बाहेक कुनै सवारी साधन सञ्चालन ठप्प छ । जिल्ला प्रवेश गर्ने सबै नाकाहरुमा आवतजावत बन्द गरिएको छ ।

सरकारले चैत्र ११ गतेदेखि चैत्र १८ गते सम्मका लागि गरेको लकडाउनलाई प्रभावकारी बनाउन जिल्ला स्थित सुरक्षा निकायहरुले सर्वसाधारण जनताहरुलाई अत्यावश्यक काम बाहेक मास्क लगाएर मात्र काममा गएर तुरुन्त फर्कन अनुरोध गरिएको गरेको डिएसपी भीमबहादुर लामाले बताए ।

कोरोना भाइरसको सङ्क्रमणलाई ध्यानमा राखेर खाँदवारी नगरपालिकाको अगुवाइमा तुम्लिङ्टारको कत्ले भञ्ज्याङ, तुम्लिङ्टार एयरपोर्ट र हेलुवा वेसीँमा स्वास्थ्य सहायता कक्ष सहितको हेल्प डेस्क स्थापना गरिएको छ । यसैगरी चैनपुर नगरपालिकाले यस अघिनै पिलुवा नाका, चैनपुरको बसपार्क क्षेत्र र सभाखोला नाकामा स्वास्थ्य सहायता कक्ष सहितको हेल्प डेस्क स्थापना गरिसकेको छ ।

यस्तै पाँचखपन नगरपालिकाले समेत नगरप्रवेश नाका बडरेनी नाका र हेंवाखोला नाकामा स्वास्थ्य सहायता कक्ष सहितको हेल्प डेस्क स्थापना गर्न लागि तयारीमा रहेको प्रमुख प्रशासकीय अधिकृत गायत्र श्रेष्ठले जानकारी दिए ।

जिल्लाका हरेक स्वास्थ्य संस्थाहरुमा मास्क, सेनिटाइजर, सावुन पानीले हात धुने व्यवस्था बाहेक अरु उपलब्ध नरहेको सिलिचोङ गाउँपालिका स्वास्थ्य शाखा प्रमु दिपेन्द्र थोरेप्पाले बताए । उनका अनुसार कोरोना भाइरसको लक्षण मापन गर्न गन थर्माेमिटर अहिलेसम्म स्वाथ्यकर्मीहरुलाई उलब्ध गराउन सकिएको छैन । देश नै लकडाउनका कारण आफूहरुले अर्डर गरेको सामग्रीहरु ल्याउन नसकिएको हो ।

जिल्लाभरिका सबै स्वास्थ्य संस्था, स्वास्थ्य सहायता कक्षमा कोरोना भाईरस संक्रमण हुने प्रकृतिका बिरामी देखा नपरेकोस्वास्थ्य कार्यालय संखुवासभाले जनाएको छ ।