इलाम । इलामको रोङ गाउँपालिका १ की ५० वर्षीया टीकामाया राईले खुर्पाले आफ्नै घाँटीमा प्रहार गरी आत्महत्या गरेकी छन् ।

रोङ गाउँपालिका ४ घर भई चैत ११ गते आफ्नो दाजुको घरमा आएकी राईले बुधवार दिउँसो करिब १ बजेको समयमा खुर्पाले आफ्नै घाँटीमा प्रहार गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले कानूनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमको लागि मेची अस्पताल भद्रपुर पठाइएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।