धरान  / धरान १४ स्थित विजयपुरको बमधारा मार्गमा रुखमा झुन्डिएको अवस्थामा एक पुरुषको शब फेला परेको छ ।
स्थानीय मनाेज भिनेन हरिप्नसाद अधिकारी आज विहान झुण्डिएको अवस्थामा फेला परेको धरान उपमहानगरपालिका वाड नं. १४ का सूचना अधिकृत मणिसुन्दर खत्रीले जानकारी दिए ।
उनी मजदुरी गरेर जिविकोपार्जन गदैं आएका थिए । प्रहरी घट्नास्थल पुगेर मुचुल्का उठाएकाे छ। आत्महत्याको कारण भने खुलेको छैन् । बिहान साढे छ बजेको समयमा स्थानीयहरुले धारामा पानी लिन जादा झुन्डिएको देखेका थिए । शवलाई पाेष्टमार्टमका लागि धरानस्थित वीपी प्रतिष्ठान पठाइएकाे छ । घट्नाबारे अनुसन्धान भइरहेकाे इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर हेमराज ओलीले जानकारी दिए ।