खाँदबारी । संखुवासभाको पाँचखपन नगरपालिका वडा नं. १ मा विदेश तथा नगरपालिका बाहिरबाट आएकाहरुको खोजी सुरु भएको छ । बाहिरबाट पाँचखपन प्रवेश गर्नेहरु सम्पर्कमा आउन र सुरक्षित रहन वडाले भनेको छ । बाहिरबाट आउनेहरुमा कोरोना संक्रमण हुनसक्ने र उनीहरुका कारण अरुमा फैलन सक्ने भएकाले बाहिरबाट आएकाहरुलाई सम्पर्कमा आउन भनेको हो ।

पाँच दिन अघि मलेशियाबाट आएका दुई जनालाई परिक्षणका लागि वाना प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको बुढाथोकीले बताए । सोमबार देखि वडामा प्रवेशका लागि रोक लागाइएको वडाध्यक्ष टेक बहादुर बुढाथोकीले बताए ।

यस्तै वडा नं. २ मा वडाले १२ सय थान मास्क वितरण गर्ने वडाध्यक्ष उत्तम दाहालले बताए । जसमा नगरपालिकाबाट उपलब्ध एक हजार थान मास्क पनि वितरण गरिने दाहालले बताए । वडा नं. २ लाई पुर्ण रुपमा लकडाउन गरिएको छ ।