मधुमल्ला/मोरङको मिक्लाजुङ गाउँपालिकाले लक डाउनकोे समयमा दैनिक ज्यालादारीमा काम गर्ने कामदारहरुलाई खाद्यान्नलगायतका वस्तु अभाव भए वडासँग समन्वय गर्न आग्रह गरेको छ ।

दैनिक ज्यालादारीमा काम गर्ने कामदारहरुलाई खाद्यान्न अभाव भए पालिकाले उपलब्ध गराउने मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्यले बताए । यस्तै पछिल्लो १५ दिन भित्र विदेशबाट आएका कोही भए मिक्लाजुङ गाउँपालिका स्वास्थ्य शाखामा वा सम्बन्धित वडाको वडाध्यक्षलाई सम्पर्क गरी सहयोग गर्न समेत अध्यक्ष आचार्यले अनुरोध गरे ।