सिरहा । कोरोना संक्रमणको महामारीको जोखिममा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय सिरहाले निषेधाज्ञा जारी गरेको छ ।
सरकारले मंगलबारदेखि लकडाउनको घोषणा गरेसँगै प्रभावकारी रोकथाम तथा नियन्त्रण गर्न स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम निषेधाज्ञा जारी गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाईँले बताए ।
नेपाल राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरु बाहेक अन्य सबै सेवाहरु लकडाउन अवधिभरि निषेधाज्ञा जारी गरिएको हो ।
जारी सूचनामा औषधि उपचार, खाद्य वस्तु आपूर्तिजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निनिस्किने, अनुमति प्राप्त सवारी साधान, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुबाहक लामो दूरीका सवारी सधान सञ्चालनमा पूर्ण रोक लगाइएको छ ।
































