उदयपुर/‘लकडाउन’को अवज्ञा गर्ने चार सय ६२ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कोरोना भाईरस (कोभिड–१९) को संक्रमित नेपालमा देखा परेपछि सरकारले उच्च सर्तकता अपनाउदै लगाएको ‘लकडाउन’को अवज्ञा गर्ने सवारी साधनलाई नियन्त्रणमा लिएको हो ।
जिल्लाभरी मोटरसाईकल तथा स्कुटी ३ सय ३२, ठूला तथा साना सवारी साधन १ सय २३, साईकल ४ र अटो ३ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
नियन्त्रणमा लिएको उक्त सवारीसाधनमध्ये सदरमुकमा गाईघाटमा मात्रै सवै भन्दा बढी सवारी साधन नियन्त्रणमा लिएको थियो । गाईघाटमा मोटरसाईकल तथा स्कुटर १ सय ९, टिफर ३ र अटो २ वटा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
विश्वभर महामारीको रुपमा फैलिदै गएको कोरोना भाईरसको संक्रमित देखा परेपछि उच्च सर्तकता अपनाउदै सरकारले ‘लकडाउन’ लगाएको थियो । फ्रान्सबाट कतार हुदै नेपाल आएका १९ वर्षीया बालिकामा कोरोनाको संक्रमण देखा परेपछि सरकारले लगाएको ‘लकडाउन’ अवज्ञा गर्ने सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धानपछि साँझ केहि सवारी साधन छाडेको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिएका सवारी साधनको वास्तविकता बुझेर छाडिदै गरेको छ । गलत मनासायले हिडेको, लागुऔषध र कुनै कसुरमा संलग्न नभएका सवारी साधनलाई मात्र छाडिएको प्रहरीले जनाएको छ । कतिपयलाई ‘लकडाउन’ थाहा नभएर विशेष कामले हिडेकाहरुलाई छाडि सकेको प्रहरीले जनाएको छ ।
पहिलो दिन भएकाले प्ररम्भिक अनुसन्धानपछि केहि सवारी साधन छाडिएको भएपनि बुधबारदेखि ‘लकडाउन’को अवज्ञा गर्ने सवारी साधनलाई कडा कारबाही गर्ने प्रहरीले जनाएको छ ।
फोटो ः सिंह चाम्लिङ राई, उदयपुर÷ब्लाष्ट