धरान  / धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वाडमा ५ जनालाई राखिएको छ ।

कतारबाट आएको धरानका दुईजना, उदयपुरका एक जना र एक जना चाइनिजसहित मोरङका एकजनालाई राखिएको अस्पतालका सहायक निर्देशक तथा कोरोना ¥यापिड रेस्पोन्स टिमका सदस्य डा. विकास साहले जानकारी दिए ।

उनीहरुको मंगलबार नै थ्रोट स्वाब लिएर परीक्षणका लागि काठमाडौंको टेकु अस्पताल पठाइएको डा. साहले जानकारी दिए ।

कोरोना भाइरस (कोभिड–१९)को परीक्षण धरानमा नै गर्ने निर्णय सरकारले गरेको छ । धरानसँगै पोखरा र नेपालगञ्जमा पनि परीक्षण गर्ने निर्णय भएको छ । वीपी प्रतिष्ठानमा किट आउनले वित्तिकै कोरोना परीक्षण शुरु हुने डा. साहले जानकारी दिए । ‘सायद आज भोलीमा मन्त्रादयबाट किट आइपुग्ने छ । यहाँकोल्यावमा सबैतयारी छ । टिक आउने वित्तिकै टेष्ट शुरु हुन्छ ।’–सहायक निर्देशक साहले भने ।

कोरोना रोकथाम सम्बन्धी उच्चस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा कोभिड १९ को परीक्षण यथाशीघ्र सुरु गर्ने निर्णय गरेको थियो ।