पथरी । मोरङको कानेपोखरीमा गाउँ स्वास्थ्य शाखाले ७ वटै वडामा गएर कोरोनाभाइरसको संक्रमण व्यक्तिको निगरानी बढाएको छ ।
मंगलबार वडा नं. १ होक्लाबारीमा ५ दिनअघि वैदेशिक रोजगार कतारबाट आएको ३१ वर्षीय सौगात सिवाको घरमा स्वास्थ टोली पुग्दा गाउँ र घरबाट फरार भएको छ । स्वास्थ्य शाखा प्रमुख रोहिन्द्रकुमार राजभण्डारी, रमाइलो प्रहरी चौकीका असइ सुमन श्रेष्ठलगायतको ८ जनाको टोली पुग्दा भागेका थिए । गाउँलेहरूले विदेशबाट आएको खवर गरेपछि टोली त्यहाँ पुगेको थियो ।
सो टोली ७ वटै वडा पुगेका थिए । त्यसैगरी भारतबाट मंगलबार नै वडा नं. ७ बगरगाछीको ३४ वर्षीय युवराज फुयल घर आएपछि स्वास्थ चेकजाँच गरी घरबाट बाहिर ननिस्कन र परिवारसँग टाढा रहन निर्देशन दिएको छ ।
त्यसैगरी सोही ठाउँको सिलिगुडीबाट सोमबार घर आएका २० वर्षीय रूपन ढकाललाई पनि स्वास्थ चेकजाँच गरी घरमै बस्न र परिवारसँग टाढा भएर बस्न भनेका छन् । त्यसैगरी वडा नं. ४ का महादेव ऋषिदेव ४ दिन अघि कतारबाट अहिले बिरामीले थलिएको स्वास्थ्य शाखाले बताए ।