धरान /  नोबल कोरोना भाइरसका कारण मृत्यु भएका २९ जनाको चिनिया अनुन्धानकर्ताहरुले अटोप्सी (शब परीक्षण ) गरेपछि आएको तथ्यले डाक्टरहरुलाई सटिक उपचार योजना बनाउन सजिलो हुने कुरा चिकित्सा विशेषज्ञहरुले बताएका छन् ।
अटोप्सीबाट नोबल कोरोना भाइरसले सबैभन्दा पहिलो संक्रमित व्यक्तिको फोक्सोमा आक्रमण गर्ने कुरा पेकिङ्ग विश्वविद्यालयको संक्रामक रोग विभागका प्रमुख वाङ्ग गुइकियाङ्गले सञ्चारकर्मीहरुलाई मंगलबार बेइजिङ्गको पत्रकारसम्मेलनमा बताएका हुन् । उनका अनुसार अटोप्सीबाट फोक्सोमासाइकोटिन नामक उत्तेजक पदार्थ, रगतका फाल्सा र नेक्रोटिक तन्तुहरु भेटिएको थियो ।
अटोप्सीबाट पाइएको अर्को कुरा पनि के हो भने संक्रमितको लघु श्वास नलिकामा धेरैमा मात्रामा डिस्चार्ज ( थुक, खकार) पाइएको थियो जसले गर्दा पर्याप्त अक्सिजन लिन अवरोध खडा गरेको हुन्छ , उनले भने । त्यसकारण हावामार्ग (नली)लाई खुलै होस भन्नका लागि थुक, खकार तान्नु र निकाल्नु पर्ने हुन्छ ।
त्यति मात्रै हैन, संक्रमितको रोग प्रतिरोधात्मक प्रणालीमा पनि क्षति पु¥याएको र उल्लेखनीय हिसाबले रोगप्रतिरोधी कोष घटेको जसका कारण उनीहरुको मृत्यु हुने महत्वपूर्ण कारण बन्यो । रोप्रतिरोधात्मक प्रणालीमा भएको क्षतिका कारण ब्याक्टेरिया र फंगल संक्रमणको पनि सम्भाव्यता रहेको र धेरै खालका संक्रमणले आक्रमण गरेको समेत वाङ्गले बताए ।
‘यो भाइरसको कारणले मुटु, कलेजो र मिर्गौलालाई पनि नोक्सान पु¥याउने भएकोले यी अंगहरु फेलहुनबाट जोगाउने भूमिका खेल्नु पर्ने हुन्छ ।’ –उनले थपे ।
अटोप्सीले उपचार पद्धतिको विकासका लागि धेरै सम्भावनाको ढोका खोलिदिएको समेत उनले बताए । स्रोत: चिनिया एजेन्सी