संखुवासभा । कोरोनाभाइरस (कोभिड १९) बाट बच्न संखुवासभा जिल्लाको सिलिचोङ गाउँपालिकामा चार वेडको क्वारेन्टाइन र आइसोलेशन कक्षको निर्माण गरिएको छ ।

सिलिचोङ गाउँपालिका–३ को सगरमाथा मावि ताम्कुमा चार वेडको क्वारेन्टाइन निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत रामराज पौडेलले जानकारी दिए । ताम्कू प्राथमिक स्वास्थ्य केन्द्रमा आइसोलेसन वार्ड निर्माण गरिएको उनले बताए ।

स्वास्थ्य संस्थाबाट आकस्मिक सेवामात्र प्रदान गरिने तर स्वास्थ्यकर्मी २४ सै घण्टा अलर्ट रहने स्वास्थ्य शाखा प्रमुख दीपेन्द्र थोरेप्पाले बताए । उनले यो संक्रमणको घडीमा कत्ति पनि हेलचेक्राइ नगरी आफ्नो ठाउँमा आफूलाई सुरक्षित राख्न सुझाएका छन् ।

गाउँपालिका क्षेत्रमा कुनै पनि किसिमका आवतजावतहरू बन्द गरिएको गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङले बताए । गाउँपालिकाका सबै स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी सम्पर्क रहनको लागि अनुरोध गरिएको छ ।