पथरीशनिश्चरे/कोरोना भाइरसको संक्रमण फैलिनबाट रोक्न सरकारले गरेको लकडाउनलाई उत्तरपूर्वी मोरङका भित्री वस्तीका बासिन्दाले विहानीपख खासै पालना गरेनन् ।

ग्रामथानको नेताचोक, झोराहाट, बेलबारीको बाहुनी सहितका भित्री सडकहरुमा यातायातका साधन खासै नचलेपनि साइकल प्रयोग गरेर सडकमा निस्किनेहरुको विहान भिडभाड थियो । खुला आमगन् भइरहेको देखेर प्रहरी प्रशासनले विराटनगर विराटचोक सडकखण्डको नेताचोकको नहरमा अवरोध लगाएर आवतजावत वन्द गराएपछि दिउँसोबाट मानिसको चहल पहल घटेको स्थानीयले बताएका छन् ।

यता, पथरीशनिश्चरे, बेलबारी, कानेपोखरी, उर्लावारी सहितका पूर्वपश्चिम मुख्य सडक क्षेत्रमा पर्ने वजारहरु विहानैदेखि वन्द रहेका छन् । यातायातका केही निजी साधन, मोटरसाइकल, एम्बुलेन्समात्र फाट्टफुटट चलेका छन् । पथरी बजारका औषधि पसल बाहेक सम्पूर्ण पसल वन्द रहेका छन् । बैंकहरु समेत वन्द गरिएका छन् । नगरपालिका कार्यालय, वडा कार्यालय वन्द नै छन् । पथरी नगर अस्पताल, हसन्दह र शनिश्चरेका स्वस्थ्य चौकी तथा पथरी सहितका सहरी स्वास्थ्य केन्द्रहरु सञ्चालनमा छन् । ती संस्थामा फाट्टफुट्ट रुपमा विरामी आएको नगर अस्पतालका डा. सावन मेहताले जनाए ।

युवाबाट प्रहरीलाई मास्क

यसैबीच राष्ट्यि युवा संघ नेपाल पथरीशनिश्चरेले मंगलबार नगरभित्र रहेको प्रहरी चौकी कुशेचौरी, सशस्त्र प्रहरी बेस क्याम्प शनिश्चरे, सशस्त्र प्रहरी भुटानी सुरक्षा बेस क्याम्पका सुरक्षाकर्मीलाई ६० थान मास्क वितरण गरेको छ । लडकडाउनको अवस्था भएपनि जनताको सुरक्षाका लागि सुरक्षाकर्मीलाई हौसल प्रदान गर्न मास्क वितरण गरिएको संघका नगर सहसंयोजक नवीनजङ कार्कीले जानकारी दिएका छन् ।

संघले सोमबार जेष्ठनागरिक तथा सामाजिक सुरक्षाभत्ता बितरण गरिरहेका बैंकहरुमा गएर बैंकका प्रवन्धकलाई सेनिटराइज र मास्क निशुल्क वितरण गरेको छ । उपस्थित जेष्ठनागरिकहरुलाई यसको हातधुने तरिका र सेनेटराइजको प्रयोगको विधि सिकाइएको थियो । संघको वडा नम्बर १ साखा कमिटीले पथरी बजारको विभिन्न स्थानमा हातधुने स्थल निर्माण समेत गरेको छ । यसैगरी, नेपाल तरुण दलले पनि सोमवार पथरी बजारका केही स्थानमा साबुनपानीले हातधुने व्यवस्थापन गरेको छ ।

mask 1