धरान । कोरोना संक्रमित युवतीसँग कतारको दोहा हुँदै कतार एयरवेजको विमानमा सँगै आउने दुई युवामध्ये एकलाई क्वारेन्टाइनमा पठाइएको छ ।
धरान–१६ का अर्का युवालाई सम्पर्क गरेर उनलाई पनि क्वारेन्टाइनमा पठाउने तयारी भइरहेको छ । मोरङको टाँडीस्थित नेपाली सेनाले निर्माण गरेको क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको हो । धरान–६ र १६ का ती युवा कोराना संक्रमित १९ वर्षीया युवतीसँगै नेपाल आएका थिए ।
उनीहरूलाई क्वारेन्टाइनमा पठाउने तयारी थालिएको धरान उपमहानगरका बरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिए ।
स्थानीय समुदायले दिएको जानकारीअनुसार उनीहरूलाई सम्पर्क गरिएको थियो । धरान–१६ का युवकलाई पनि क्वारेन्टाइनमा पठाउनका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना ¥यापिड रेस्पोन्स कमिटीसँग समन्वय भइरहेको छ ।