धरान । सरकारले जारी गरेको ‘लक डाउन’ लाई अवाज्ञा गर्ने सवारी साधनलाई धरान प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय धरानका अनुसार लकडाउन अवाज्ञा गर्ने करिब ढेड सय मोटरसाइकल छन् भने ५२ वटा सफारी र ट्याम्पु रहेका छन् । ती सवारी साधनको चाबी खोसिएको इप्रका धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

उनका अनुसार ती चाबीहरू साँझ सचेत गराउँदै फिर्ता गरिने र भोलिबाट चलाएको पाइए कानूनी कारबाही अगाडि बढाइनेछ ।