धरान  / सरकारले जारी गरेको एक हप्ते लकडाउन उलंघन गर्ने १० जनालाई चितवनमा प्रहरीले पक्राउ गरेको छ।
कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले गरेको लकडाउन उल्लङघन गर्दै सडकमा निस्किएका १० जनालाई चितवनको विभिन्न सथानबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी नान्तीराज गुरुङले जानकारी दिए।
सरकारको निर्देशन अवज्ञा गर्ने जो कोहीलाई कारवाही
उनले सरकारको निर्देशन अवज्ञा गर्ने जो कोहीलाई पनि कारवाही गरिने बताए । कोरोना भाइरसको संक्रमण फैलिन नदिन आज बिहान ६ बजेदेखि चैत १८ गतेसम्मलाई सरकारले देशभर लक डाउन गरेको छ। आजदेखि सडकमा ननिस्कि घरमै बसेर संक्रमण नियन्त्रणमा सहयोग गर्न उनले आग्रह गरे ।
सरकारले लकडाउन सफल बनाउन दुईवटा कानुनलाई सक्रिय बनाएको छ। सोमबार भएका निर्णयानुसार संक्रामक रोग ऐन, २०२० को दफा २ को उपदफा (२) बमोजिम जारी आदेशको कार्यान्वयनका लागि आवश्यक व्यवस्था मिलाउन नेपाल राज्यका सबै प्रमुख जिल्ला अधिकारीलाई मुकरर गर्ने निर्णय गरेको थियो । त्यसका लागि स्थानीय प्रशासन ऐन, २०२८ को समेत आवश्यकता अनुसार प्रयोग गर्ने, । संक्रामक रोग ऐन, २०२० अन्तर्गत जारी आदेशको अपहेलना गर्ने वा काममा बाधा पुन्याउने व्यक्तिलाई सोही ऐन बमोजिम सजाय हुने व्यवस्था गरिएको छ ।