धरान । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले महामारीको रूपमा घोषणा गरेको कोरोनाको संक्रमणबाट बच्न अपनाउन सकिने उपायबारे धरान उपमहानगरमा छलफल चलिरहेको छ ।

धरान उपमहानगरको सभाहलमा अहिले छलफल जारी छ । छलफलमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक, धरान उपमहागनरपालिकाका स्वास्थ्य महाशाखाका प्रतिनिधि, प्रहरीहरू सहभागी छन् । दैनिकजसो कोरोनाको प्रभावलाई घटाउने विषयमा छलफल चलिरहेको बीपी प्रतिष्ठानका सहप्रवक्ता डा. अशोक एैरले जानकारी दिए ।

उनका अनुसार अहिले धरान उपमहानगरपालिकामा छलफल चलिरहेको छ । कोरोनाको प्रभावका कारण सरकारले मंगलबारदेखि लागू हुने गरी १८ गतेसम्म लकडाउन गरिसकेको छ । सरकारले अतिआवश्यकीय वस्तुहरूबाहेकका सबै सेवाहरू ठप्प गरेको छ ।